समय : ०६:१२ am | शनिबार , श्रावण १२ गते २०८१

रुकुम पश्चिममा दुईजना मृत फेला

स्वर्गद्वारी अपडेट | भाद्र १ गते २०८०

रुकुम पश्चिम १ गते भदौ । रुकुम पश्चिमको दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । जिल्लाको मुसीकोट नगरपालिका–११ र आठबिसकोट नगरपालिका–६ मा दुई पुरुषको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाका अनुसार मुसीकोट नगरपालिका–११ भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको शव स्थानीय सिस्नेखोलीको जङ्गलमा भेटिएको हो । नेपाली गएको साउन १७ गतेदेखि हराउनुभएको थियो । त्यस्तै, आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव भेटिएको छ । फेला परेका शवको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page