प्यूठान ।लुम्बिनी प्रदेश राजधानी देउखुरीमा प्यूठानको झिमरुक गाउँपालिकाको गाडीले मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाईते भएका छन ।लमही नगरपालिका वडा नम्बर ७ बनगैमा आईतबार बेलुका करिब साढे ५ बजे गाडीले मोटरसाईकललाई ठक्कर दिएको हो ।
पश्चिमबाट पुर्व जाँदै गरेको झिमरुक गा पा को २ झ ४५४६ नम्बरको महिन्द्रा पिकअप गाडीले बिपरित दिशाबट आईरहेको रा ३ प ५५९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएकोछ ।
घाईते हुनेमा लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी बर्ष ५२ का भिम बहादुर कुमाल र सोही ठाउँ निवासी बर्ष ३३ का अमृत राजकोटी रहेका छन । कुमालको खुट्टा र टाउकोमा गहिरो चोट छ । राजकोटीको पनि खुट्टामा चोट छ । गाडीका चालक फरार रहेको र घटनाबारे थप अनुशन्धान भैरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएकोछ ।