समय : ११:५७ pm | मङ्गलबार , कार्तिक ६ गते २०८१

झन्डै सात किलो चरेससहित एक जना पक्राउ

स्वर्गद्वारी अपडेट | जेठ ३० गते २०८०

काठमाण्डौ, ३० जेष्ठ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ८ सय ६० ग्राम चरेससहित जर्मनीका एक नागरिक पक्राउ परेका छन् ।

टर्किस एअरको उडानद्वारा काठमाण्डौबाट इस्तानबुल हुँदै जर्मनी जान लागेका ६३ वर्षीय पाउल वेर्स्रटको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा चरेस फेला परेको प्रहरीले जनाएको हो । उनलाई आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ पठाइएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्