समय : ०४:०५ am | शनिबार , श्रावण ४ गते २०८१

चितामा जल्दै गरेको महिलाको शव प्रहरी नियन्त्रणम

स्वर्गद्वारी अपडेट | जेठ २८ गते २०८०

सर्लाही । सर्लाहीको हरिपुरमा जल्दै गरेको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुरकी इन्द्रकला देवीको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले राजाराम साहकी श्रीमती इन्द्रकलाको शव नियन्त्रणमा दिएको हो । कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेको भन्दै प्रहरीले शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

५० वर्षीय श्रीमान् राजारामकै कुटपिटबाट इन्द्रकलाको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिटपछि राजाराम फरार भएकाले प्रहरीले घटना’दयगत अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page