समय : ०६:१९ am | बिहिबार , माघ १० गते २०८१

आफ्नै घरमा आगो लगाउने एक पुरुष पक्राउ

स्वर्गद्वारी अपडेट | जेठ २२ गते २०८०

स्वर्गद्वारी अपडेट डेक्स । कैलालीकाे धनगढीमा आफ्नै घरमा आगाे लगाएकाे आराेपमा एक जना पुरुष पक्राउ परेका छन् । जाँडरक्सी खाएर घरमा आगाे लगाएकाे आराेपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टलाई पक्राउ गरेकाे हाे ।

उनले दुई दिनअघि आफ्नै पक्की घरमा आगो लगाउँदा लत्ता कपडा, सोफासेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै ७० हजार रुपैयाँ बराबरको मालसामान जलेर नष्ट भएको थियाे।

प्रहरी र स्थानीयवासीको प्रयासमा राति नै आगो नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्