समय : ०४:३७ pm | बिहिबार , असार २६ गते २०८२

वडा अध्यक्ष घर्तीको उपचारको क्रममा निधन

उनी केही समयदेखि बिरामी अवस्थामा उपचार गराइरहेका थिए।

स्वर्गद्वारी अपडेट | असार १० गते २०८२

रोल्पा।रोल्पाको थबाङ गाउँपालिका वडा नं. ५ उवाका वडाअध्यक्ष गोवर्धन घर्तीमगरको उपचारका क्रममा निधन भएको छ।उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार मध्यान्ह ३:४१ बजे निधन भएको गाउँपालिकाले जनाएको छ।

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित उनी केही समयदेखि बिरामी अवस्थामा उपचार गराइरहेका थिए।

यो पनि पढ्नुहोस्