समय : ०३:५८ am | सोमबार , वैशाख ७ गते २०८२

आमाको स्मृतिमा देवी मन्दिर स्थापना

स्वर्गद्वारी अपडेट | वैशाख १ गते २०८२

प्युठान।माण्डवी गाउँपालिका वडा १ तिराम निवासी प्रकाश केसीले आफ्नो आमाको स्मृतिमा देवीमन्दिर निर्माण  गरेका छन्।एक रोपनी जमिनमा देवी मन्दिर निर्माण,तारबार र देवाली गर्ने मन्दिर समेत निर्माण गरिएको छ।  

हनुमान जयन्तीको दिन पारेर उक्त स्थानमा होम गरिएनुका साथै बिपन्न ६ घर परिवारलाई नगद १५ सय ५ रुपयाँ र दाल,चामल,बिस्कुट र सोयाविन हस्तान्तरण गरेको उक्त मन्दिर व्यवस्थापन अध्यक्ष राम बहादुर खत्रीले बताए।उनका अनुसार मन्दिर निर्माण,तारबार,देवाली थान र ट्रस्ट निर्माण गर्दा ६ लाख खर्च भएको छ जसमा ३ लाख प्रकाश केसीले दिएको अध्यक्ष खत्रीले जानकारी दिए।

बिषेश गरि वडा दशैँ,चैते दशैँ र हनुमान जयन्तिको दिनमा पुजाआजा गरिने जग्गादाता जीत  बहादुर खत्रीले बताए।खत्री भाईबन्धुहरुबाट ३ लाख जम्मा गरि बाँकी ३ लाख प्रकाश केसीले सहयोग गरेको जग्गादाता खत्रीले बताए।     

राहत सामाग्री पाउनेमा मैसरी वि.क,खगी वि.क,तेज बहदुर घर्ति,सिता पुन,नम बहादुर नेपाली र बिष्णा गौतमले पाएका हुन्।

उक्त कार्यक्रममा माण्डवी गाउँपालिका वडा -१ वडाध्यक्ष बाम बहादुर बुढा,वडा सदस्य ऋषिराम अधिकारी र समाजका अगुवाहरु लगायत उपस्थित थिए।      

प्रकाश केसीका आमा डिला खत्री २०५८ साल चैत्र १७ गते ३२ वर्षको उमेरमा निधन भएको थियो।          

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्