प्युठान।प्युठानमा मोटरसाइकलको ठक्करबाट एक जना मृत्यु भएको छ।
भिंग्रीबाट जस्पुर जाँदै गरेको रा २ प ७४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा आइतबार बेलुकी ६:३० बजे माण्डवी गाउँपालिका–३ लामाचौरका ४२ बर्षिय रिम बहादुर खनाल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी श्रोतका अनुसार मोटरसाइकलमा ३ जना सवारी थिए।मोटरसाइकल चालक माण्डवी गाउँपालिका-३ नयाँगाउका १८ वर्षीय अविषेक कार्की रहेका छन्। चालक गम्भीर घाइते भई बुटवल अस्पतालमा छन्।
मोटरसाइकलमा सवार नयाँगाउका १८ वर्षीय सुमन पुन र वडा नम्बर ५ चकचके निवासी १७ वर्षीय शिसिर थापाको हात खुट्टामा सामान्य चोट लागेको छ ।