प्यूठान । भनिन्छ नि ! “आफ्नो हातमा सिप भए भोकले मरिदैन” भनेको जस्तै प्यूठान जिल्लाको प्यूठान नगरपालिका २ कट्टिपोखराका ढुन्ड बहादुर परियार झुपडीबाट आफ्नो सिलाई सिपबाट आफ्नो परिवार चलाउदै आएका छन।
प्यूठान नगरपालिका २ आरनेटामा गाउमा वरिपरी बास र जालीले बारेको , टिनले छाएको झुपडी भारामा लिएर सिलाई सिपको सदुपयोग गरेर जिविकोपार्जन गरेका छन । उनले तेह्र वर्ष बाल उमेरबाटै आफ्नो बुबाबाट सिलाई सिप सिकेको स्वर्गद्वारी अपडेटसँग बताए । गाउँघरमा पहिले–पहिले वर्ष भरी बाली घरे भएर सिलाउने गरेको परियारको भनाई रहेको छ । वर्ष भरीको कपडा सिलाउदा बालीमा , चामल, गहु , मकै माना, पाथीबाट लिने गरेको उनले सुनाए । विगतमा सिलाई गर्ने क्रममा भिङ्ग्री, लामाचौरमा भारामा बसेर आफ्ना सन्तान हुर्काएको परियारले बताए ।
उनले आरनेटामा तिन सिलाउने मेसीन राखेका छन । एक मेसीनबाट आफु सिलाई गर्ने गरेका छन भने दुई मेसीमा आफ्नो सीप गाउका राधा विक र बालिका जि.सी. लाई सिकाई रहेका छन । सिलाई सिक्न क्वाडी , जुम्री जानु पर्ने अवस्थमा गाउँमै सिक्न पाउँदा समयको बचत , घरायसीँ काम गर्न पाएको , समयमा आउन पाएको कारण सहज र सरल भएको सिलाई सिक्ने विक र जिसीको भनाई रहेको छ ।सिलाउने कपडामा कोटपाइन्ट पाचँ हजार पाचँ सय , सटपाइन्ट सात सय पचास, विवाह सारीको पाचँ सय , र थ्रिकोट बुलज एक सय पचास लिने गरेको उनले बताए । परियारले मसेरी , आरनेटा, आरुधारा, ढाडाका स्थानीयलाई सेवा दिएका छन । सेवा लिने आरनेटाका सुर्य बहादुर सुनारले हामीलाई सहज र भनेको समयमा सेवा पाएको बताए ।
गाउघरमा रहेका कुनै पनि सिपका व्यक्तित्वहरु लाई संरक्षण ,सहि ठाउँमा सदुपयोग , तालिमहरुको व्यवस्था नगरपालिकाले गरिदिएमा हौसला र क्षमताको विकास हुने गुनासो गरेका छन ।