प्युठान।माण्डवी गाउँपालिका वडा-३ ले बालबालिकाको शिक्षा क्षेत्रमा नमुना अभ्यास थालेको छ।पालिका भित्रका अभिभावक बिहिन बालबालिकालाई आवासीय संरक्षण सुरक्षा सहितको पठनपाठन व्यवस्था गर्दै अभिभावकत्व लिने भएको हो।
शैक्षिक सत्र २०८२ देखि माण्डवी माध्यामिक बिद्यालय नयाँगाउमा वडाले सम्पूर्ण खर्च बेहोर्ने गरि सोमाबार वडा कार्यालयले सुचना प्रकाशन गरिएको वडा -३ का वडा वडाध्यक्ष धनेन्द्र कार्कीले बताए।सुचनामा पालिका भित्र रहेका अति गरिव,बिपन्न,अनाथ,असायक र अभिभावक विहिन बालबालिकालाई आवास सहित नि:शुल्क व्यवस्था गरिने उल्लेख गरेको छ।

अध्यक्ष कार्कीले पालिका भित्र रहेका अविभावक बिहिन, अति गरिव, बिपन्न, अनाथ, असायक बालबालिकालाई शैक्षिक सामग्री, कापी, कलम तथा पोसाक, झोला, जुत्तालगातयका शैक्षिक सामग्रीको जिम्मेवारी वडा कार्यालयले व्यवस्था गर्ने उनको भनाई छ।उनका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जालका कारण कम उमेरमै विवाह हुने र सम्बन्ध विच्छेद हुने हुँदा बालबालिका अभिभावकविहीन बनेको छन् त्यस्तो बालबालिकालाई शिक्षाबाट बन्चित नगर्ने वडाध्यक्ष कार्कीले बताए।
पालिका भित्रका कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन् नपरोस भनेर वडा र विद्यालयको समन्वयमा १ देखि १२ कक्षा सम्मको आवास सहित नि:शुल्क व्यवस्था गरिने अध्यक्ष कार्कीको भनाई छ ।
