अहिले यतिबेला गत भदौ २३ को घटना र आन्दोलनको बलमा सत्ताबाट फ्याकिएका खड्ग प्रसाद ओली असोज २३ गतेका दिन आएर सार्वजनिक मंचबाट बदला लिने खालको शैलीको अभिब्यक्तिले नेपाली राजनीतिको केन्द्रमा उनकै चर्चा छ । त्यसो त दैनिकी रुपमा होटल, चौतारा घरपरिवार, साथीभाई तथा आफन्तका भेटघाटदेखि आमसंचारमाध्यमहरुमा ओलीकै बिषयमा टीका टीप्पणी हुने गरेका छन् । सायद हासम्मका प्रधानमन्त्रीहरुमध्ये सवैभन्दा बढी आलोचित पात्रको शिखरमा छन उनी । अबश्य नै गत भदौ २३ गतेको घटना नेपाली राजनीतिको असाधारण परिस्थिति हो ।
यस बारेमा आज आम तोते बोली बोल्ने बाल बच्चा देखि थोते बोली बोल्ने बृद्ध सम्म सवै भुक्तभोगी छौं नै । साथै त्यो घटनाले अहिले सम्मको नेपाली इतिहासमा सरकार प्रमुखमा तत्कालीन प्रधानमन्त्री खड्ग प्रसाद ओली मात्रै हेलिकप्टर मार्फत भाग्नु परेको तीतो यथार्थ पनि नेपाली राजनीतिको तीतो अनुभूति हामीसंग रह्यो । भदौ २३ को नरसंहारकारी घटना र त्यो घटनाको परिणामले २४ गतेको धनजनको क्षेतीको भोगाईको ठिक एक महिनापछि गुण्डुमा गुँढ बनाएर बसेका पूर्व प्रधानमन्त्री खड्ग प्रसाद ओलीको अभिब्यक्तिले अहिले केही प्रश्नहरु उठेका छन् ।
नेपालको राजनीतिमा पटक पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका, एमाले पार्टीको नेतृत्व समेत गर्दै आएका ओलीले भाद्र २३ गतेको घटनामा ज्यान गुमाएका र घाइते भएका होनहार युवाहरुमा अहिले सम्म श्रद्धान्जली तथा मृतक परिवारमा समबेदना ब्यक्त र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सामान्य मानवीयता धर्म समेत देखाउन सकेनन् नै । अहिले उपचारमा रहेका घाइते युवाहरुलाई भेट्ने तत्परता त झन टाढाको बिषय नै भयो । यस्ता दम्भी शासक ओलीलाई देशको कुन प्रकारको अभिभावकको रुपमा बुझ्ने त्यो आम नेपाली जनसमुदायले गहिरो गरी महुशस गरेको अवस्था छ । यसको बदला ठिक एक महिना पछि असोज २३ को दिन पारेर खड्ग प्रसादले राजनीतिक बातावरण धमिल्याउने गरी गुण्डुबाट गर्जेका छन् ।
उनको अभिब्यक्तिले जेनजीलाई थप उत्तेजित पार्ने दिशामा कति उद्यत छन् भन्ने कुरा उनको पछिल्लो भूमिकाले प्रष्ट छ । पानी वा समयको बेग तीव्र भएको बेला होस पुगेन भने ठोष परिस्थितिको ठोष बिश्लेषण भन्ने माक्र्सवादी दृष्टिकोण अनुसार सही कुरामा ध्यान केन्द्रीत भएन भने खुट्टा चिप्लिन्छ र हामी दुर्घटनामा पर्छौ भन्ने कुराको बिवेकपूर्ण निर्णयको अभाव पनि खड्ग प्रसाद ओलीमा देखिएको छ ।
देशको यो असाधारण अवस्थामा जेन जी आन्दोलनको बलमा ओली नेतृत्वको सरकार बर्हिगमित भएपछि यो बेला पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । नेपाल मात्र नभई बिश्व समुदाय नै चकित पार्ने गरी उथलपुथल भएको यो परिणामका पछाडि ओली शासकमा रहेको चरम अह्ंकार र दम्भको परिणाम थियो । शासकप्रति समकालीन युवा पिंढी र आम नागरिक समाजमा कति उकुसमुकुस र असन्तुष्टी चुलिएको रहेछ भन्ने कुरा जेनजीको २४ घण्टाको घटनाक्रमले छरपष्ट पारिदिएको छ । संसदमा रहेका दुई ठूला दल कांग्रेस र एमालेको सत्ता समीकरण संख्याको बलले जे गरेपनि हुन्छ भन्ने गलत नियत र रवैयाको गतिलो सवक दिएको थियो त्यो आन्दोलनले ।
एउटा सनकी, तानाशाह शैलीको प्रधानमन्त्रीको कारणले देशले कति मानवीय र भौतिक क्षेती बेहोर्नु पर्यो भन्ने कुरा पनि बताइरहनु जरुरी छैन । छ त केवल अव हाम्रा अहिले सम्मका राजनीतिक उपलब्धिलाई गुम्न नदिनेगरी बर्तमान संबिधानको बाटोबाटै जेनजीको माग संबोधन गर्दै अगाडि बढ्नु हो ।घटनाले राम्रै सवक दिएपनि प्रमुख राजनीतिक दलहरुमा चेत पलाउन सकेको छैन । सशक्त रुपमा उठेको नेतृत्व पुस्तान्तरणको बिषयमा एमाले अध्यक्ष खड्ग ओली सत्ताबाट उठ्नै नसक्नेगरी पछारिएपनि पार्टी नेतृत्वको जिम्मेवारी हस्तान्तरणमा टसमस छैनन् । कांग्रेस सभापनि देउवा उपचारमै छन् कांग्रेस भित्र नियमित महाधिबेशन या बिशेष महाभिबेशनको बिषयले चर्को रुपमा प्रबेश पाएको छ ।
यस्तै माओबादीमा प्रचण्डको बिकल्प भन्दा उनकै नेतृत्वमा बाम धुब्रीकरणको एजेण्डाले प्रबेश पाएको छ , यद्यपी माओबादीले केन्द्रिय कमिटी भंग गरेर महाधिबेशनको कोर्षमा जुटिसकेको अवस्था छ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका बिषयमा दलहरुमा संसद पुर्नस्थापनाको धङ्धङीले छोडेको छैन । बिचारणीय बिषय अव यो बेला संबिधान रक्षाको नाममा संसद पुर्नस्थापनाको एजेण्डा बोकेर हिड्यो भने के हुन्छ ? अनि चुनावका माध्यमबाट ताजा जनादेशका लागि जुटे के हुन्छ ? दलहरुले बिवेकसम्मत ढंगले सोच्नु पर्ने बेला छ अहिले । हामीले अवको ६ महिनामै चुनाव सम्पन्न गर्यौ भने हाम्रो बिवेक, संयम र क्षमता देखेर संसार चकित पर्नेछ, अन्य मुलुकले पनि पाठ सिक्नेछन् । संसारमा थोरैमात्र मुलुक छन् जसले यति तीब्र गतिको राजनीतिक उथलपुथल पछि छिट्टै निर्वाचन सम्पन्न गरेर लोकतन्त्रलाई टयाकमा ल्याएका छन् तर छिमेकी मुलुक बंगलादेशको उदाहरण हेर्यौ भने गत बर्ष प्रधानमन्त्री शेख हसिना बाज्देवलाई सत्ताच्यूत गर्ने क्रान्ति एक महिना बढी चलेको थियो । संयुक्त राष्टसंघका अनुसार करीव १४ सय मानिसको ज्यान गएको थियो । त्यहाँ निर्वाचन कहिले हुने हो अझै टुंगो छैन ।
प्रधानमन्त्री मोहम्मद युनुसले सन २०२६ को फेव्रुअरीमा चुनाव गर्ने भनेका छन् । तर एकीन मिति घोषणा भएको छैन । संक्रमण लम्विदै जाँदा बंगलादेशमा असन्तोष, दिक्दारी र निराश बढेको छ।यसैले अव हामीले समयमा निर्वाचन गरयौ भने बहुदललाई उन्नत प्रकारको लोकतन्त्रमा रुपान्तरण गर्ने नयाँ संभावनाको सम्मुख मुलुकलाई उभ्याउने छौं । यदी यो कुरामा तयार भएनौ भने अर्को खतरनाक आन्दोलन उठ्नेछ ।
जेनजी आन्दोलन सुस्ताएको होइन केही समयलाई बिसाएको हो, साथै परिबर्तनकामी शक्तिहरु पनि यो संगै उठ्नेछन् । देशमा प्रतिक्रान्तिको खतरा बढेर जानेछ । स्मरणीय कुरा २०७२ सालको भूकम्प पछि हाम्रो रेजिलेन्स ( प्रतिकुलताका बावजुद उठ्न सक्ने क्षमता ) त्यो बिश्वब्यापी रुपमा उच्च प्रशंसा भएको थियो । यो नेपाली समाजको उज्यालो पक्ष हो त्यसैले सुशीला कार्की नेतृत्वको सरकारले नयाँ जनादेशका लागि दलहरुलाई बिश्वासमा ल्याएर चुनावमा होम्न जरुरी छ । चुनौतिको पहाडमा उभिएको मुलुकलाई अवसरको मैदानमा बिसाउन आत्मसमिक्षा गरौं, बदलाको भावले आमने सामने भएर भिड्ने र बदला लिने बेला यो होइन त्यसैले चुनावी तयारीमा जुटौं देशलाई निकासका लागि मार्गप्रशस्त गरौं यही नै अहिलेको प्रमुख जिम्मेवारी र कर्तव्य भन्ने लाग्दछ।
#लेखक/शुशील पोखरेल नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य हुन्।