समय : ०९:५८ pm | मङ्गलबार , असाेज ६ गते २०८३

प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क प्रस्थान

स्वर्गद्वारी अपडेट | असाेज ६ गते २०८३

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको क्युटिआर ६४५’ उडानमार्फत दोहातर्फ उडेका छन्।

प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम छ। उनी असोज १० गते स्वदेश फर्किने छन्।

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली असोज ४ गते न्युयोर्क प्रस्थान गरिसकेको छ।

यो पनि पढ्नुहोस्