समय : ०२:०४ pm | बुधबार , वैशाख २ गते २०८३

सांसदले फेरि स्वकीय सचिव सुविधा पाउने

स्वर्गद्वारी अपडेट | वैशाख २ गते २०८३

काठमाडौ।संघीय संसदका सांसदहरूले पुनः स्वकीय सचिव सुविधा पाउने भएका छन्। संघीय संसद् सचिवालय अन्तर्गतको समितिले यसका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।

सोमबार बसेको बैठकले स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थापन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। बैठक डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको थियो। साथै, आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय लाई पत्राचार गर्ने निर्णय गरिएको छ।

यसअघि सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौतीका नाममा यो सुविधा हटाएको थियो, जसप्रति सांसदहरूले असन्तुष्टि जनाएका थिए।

यो पनि पढ्नुहोस्