समय : ०८:२७ pm | शनिबार , चैत्र १४ गते २०८२

बाँकेमा एमाले कार्यकर्ताले जलाए गृहमन्त्री गुरुङको पुत्ला

स्वर्गद्वारी अपडेट | चैत्र १४ गते २०८२

नेपालगन्ज–बाँकेमा नेकपा एमाले का कार्यकर्ताहरूले गृहमन्त्री सुधन गुरुङ को पुत्ला जलाएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको प्रदर्शनका क्रममा गृहमन्त्रीको पुत्ला दहन गरिएको हो।

पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्किएको विरोध र्‍याली वीपी चोकमा पुगेर पुत्ला जलाइएको थियो। कार्यक्रममा सहभागी एमालेका नेता–कार्यकर्ता, युवा तथा विद्यार्थीहरूले सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।

सो क्रममा टायरसमेत जलाइएको थियो। आगो निभाउन पुगेका प्रहरीसँग केहीबेर धकेलाधकेलसमेत भएको जनाइएको छ।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङ ले १९ गतेसम्म आन्दोलनका कार्यक्रम जारी रहने जानकारी दिएका छन्।

यो पनि पढ्नुहोस्