काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ ।
शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै आधिकारीक कांग्रेस गगन थापाको नेतृत्वले पाएको छन । अब कांग्रेस झण्डा र रुख चिन्ह गगन थापा पक्षधरको भएको छ ।
अब कांग्रेसका आधिकारीक सभापति गगन थापा भएका छन् ,भने उनकै नेतृत्वको समितिले कांग्रेस अघि बढाउने छ ।
साथै प्रत्यक्ष उम्मेदवार मनोनयन लगायतका काम पनि गगनकै नेतृत्वले गर्ने छ ।
यो सँगै सँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।








