समय : ०१:१७ am | आइतबार , कार्तिक ८ गते २०८२

डल्ले मेलामा सापडाँडा समुह प्रथम  

प्युठान नगरपालिका भित्रका आठ वटा समूहले सराय नाच प्रतियोगितामा भाग लिएका थिए।    

स्वर्गद्वारी अपडेट | कार्तिक ८ गते २०८२

प्यूठान।डल्ले मेलामा सराय  नाच सहित सहभागी भएका समूह मध्ये सापडाडा सराय नाँच प्रथम भएको छ।प्युठान नगरपालिका भित्र र मल्लरानी गाउँपालिका सहित आठ वटा समूहले सराय नाच प्रतियोगितामा भाग लिएका थिए।     

जसमध्ये दोस्रोमा पुण्यखोला सराए समुह र तेस्रो थापडाँडा सराए समुह भएका छन्।प्रतियोगितामा विजयी समुहलाई प्रमुख अतिथि प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगीले चेक तथा प्रमाण पत्र प्रदान गरेका थिए।नगर प्रमुख योगीले ऐतिहासिक महत्व बोकेको मेलालाई थप व्यवस्थित ढंगबाट सञ्चालन गर्दै यहाँका कला, संस्कृतिक, भेषभुषा जगेर्ना गर्दै जानुपर्नेमा जोड दिएका थिए।

२०७० सालमा प्यूठानका तत्कालिन सांसद तथा गृहमन्त्री बामदेव गौतमको पहलमा आकर्षक पुरस्कारको व्यवस्थापन गर्ने परिपाटीसंगै सराय मेलामा आकर्षण बढेको पत्रकार सुशील पोख्रेलले जानकारी दिए।

डल्ले मेलामा कृषकहरुले स्थानीय उत्पादन गरेका कृषि उपजहरु विक्रिका लागि राखेका थिए।

बिगतमा जस्तै उक्त मेलामा लायन्स क्लव अफ प्यूठानले मेला दर्शकहरुका लागि निःशुल्क माक्स वितरण गरेको थियो।

विजेता समुहले क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरेको आयोजकले जनाएको छ।

यो पनि पढ्नुहोस्