समय : ०२:३८ am | शुक्रबार , असाेज ३० गते २०८२

महिला क्रिकेट विश्वकप: बंगलादेशमाथि दक्षिण अफ्रीका ३ विकेटले विजयी

स्वर्गद्वारी अपडेट | असाेज २८ गते २०८२

काठमाडौं । दक्षिण अफ्रिकाले जारी महिला विश्वकप अन्तर्गतको खेलमा बंगलादेशलाई ३ विकेटले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बंगलादेशले दिएको २३३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४९.३ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउदै २३२ रन बनाएको थियो ।

जारी विश्वकपमा दक्षिण अफ्रीकाको यो ४ खेमा तेस्रो जित हो । यो जितपछि दक्षिण अफ्रिका ४ खेलमा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै बंगलादेशको भने यो ४ खेमा तेस्रो हार हो । ४ खेलमा २ अंक रहेको बंगलादेश छैटौं स्थानमा छ ।

यो पनि पढ्नुहोस्