समय : ०३:०३ am | आइतबार , मंसिर २० गते २०८२

तुइन खोलामा फेरी पहिरो

स्वर्गद्वारी अपडेट | असाेज १४ गते २०८२

काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्ड फेरी अवरुद्ध भएको छ ।

सडक खण्डको तुइन खोला पुल नजिकै वर्षातको  कारण माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको छ । अहिले मेशिन पहिरो स्थानमा पुगी पहिरो पन्छाउने कार्य सुचारु भैसकेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । डिभिजनले अबको ३० मिनेटमै पहिरो पन्छाई यातायात आवागमन संचालनमा आउने जानकारी गराएको छ ।

रोकिएका सवारीसाधनहरू  कृपया संयमित भई लेन अनुशासन पालना गर्न डिभिजनले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्