समय : ०७:०४ am | सोमबार , मंसिर २२ गते २०८२

श्रीमतीको हत्या गरेको अभियोगमा दाङबाट पक्राउ

स्वर्गद्वारी अपडेट | असाेज ८ गते २०८२

दाङ । आफ्नै श्रीमती ५७ वर्षीया लिला पुनको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ रनगैरा बस्ने ५७ वर्षीय सुकराम पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सुकरामले लिलालाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुहोस्