समय : ०१:३४ pm | बुधबार , माघ २३ गते २०८१

सकारात्मक साेंचनै सफलताको मार्ग होः मुख्यमन्त्री आचार्य

स्वर्गद्वारी अपडेट | पौष २७ गते २०८१

भैरहवा।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोंचलेनै युवाहरुलाई चुनौतीहरुसंग जुध्न र सफलताकालागि अघि बढ्न प्रेरित गर्ने बताएका  छन्। लियो क्लवले आयोजना गरेको दोस्रो काउन्सील बैठकलाई भैरहवामा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा युवाहरु सकारत्मक दृष्टिकोणका साथ अघि बढ्न सक्दा सफलता प्राप्त हुने बताएको हो।

‘तपाई जहाँ लाग्नुहुन्छ निष्ठापूर्वक, इमानदारीताका साथ लाग्नुस । दृढ संकल्प लिनुस सफलता प्राप्त सहजै हुन्छ’मुख्यमन्त्री आचार्यले भने,‘लोभ गर्ने, अहंकार पाल्ने हो भने सफलता प्राप्त हुदैन । आजको भोली कुनै चिजको परिणाम प्राप्त हुदैन । तर, निरन्तर लागेपछी अवस्य सुखद परिणाम प्राप्त हुन्छ ।’ युवाहरुलाई स्वदेशमा उद्यमशिलता र स्वरोजगारको अवसर सृजना गर्न सरकारले प्राथमिकतामा राखेको बताउदै अवसरहरुको खोजी स्वदेशमै गर्न आह्वान गरे।‘युवाहरुको साथमा सरकार छ । यहाँहरुलाई उद्यमशिलता र रोजगारी सुनिश्चित गर्ने योजना सरकारले बनाएको छ’मुख्यमन्त्री आचार्यले भने ,‘लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, उद्योगको प्रचुर सम्भावना छ । यही केही गर्न सकिन्छ ।’ हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्नेगरी क्रियासिल हुन युवाहरुमा आग्रह गरेका छन्।

मुख्यमन्त्री आचार्यले आफ्नो संघर्षशिल जीवनको बारेमा समेत युवाहरु माझ प्रकाश पारेका थिए। शिक्षालाई अघि बढाउदाको संघर्ष, पार्टी निर्माण गर्दा र स्वास्थ्य समस्यासंग जुध्दाको उताडचडावको बेलामा पनि हिम्मत नहारेर अघि बढ्को स्मरण गर्नुभएको थियो ।‘म मरेर बाँचेको मान्छे हुँ । क्यान्सर जस्ता थुप्रै रोग संग जुधे । तर, हिम्मत हारिन । अहिले म तपाईहरुको माझ यसरी उपस्थित हुन पाएको छु’ मुख्यमन्त्री आचार्यले भने,‘पवित्र मनले गर्ने हरेक कामहरु सफल हुन्छन् । जीवनसंग हार्ने होइन, हिम्मतका साथ अघि बढ्न सक्नुपर्छ । हरेक चुनौतीलाई अवसरको रुपमा बदल्न सक्नुपर्ने, समाज सेवा र सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने, उद्यमशिलता र आफ्नै प्रयासबाट नयाँ कुरा सिर्जना गर्नतर्फ लाग्न आग्रह गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्