समय : ०९:४७ pm | बुधबार , माघ २३ गते २०८१

ऐरावतीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

स्वर्गद्वारी अपडेट | पौष ९ गते २०८१

प्युठान । प्युठानको ऐरावती गाउँपालिका–५, बालिबिसौनामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

मंगलवार साँझ गोठिबाङ्ग खोलाबाट ढुंगा बोकेर मल्लरानी–३ चौरपानी तर्फ जाँदै गरेको रा. १ त ४४४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ऐरावती–२, तेस्रापाटाका सहचालक २७ वर्षीय बिजय सापकोटाको मृत्यु भएको प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका चालक २३ वर्षीय शान्त बहादुर रावत घाइते छन् । घाइते चालकको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ।ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्