प्युठान।जिल्ला प्रशासन कार्यालय प्युठानले एक वर्षमा ९ हजारभन्दा बढीलाई नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको छ।नागरिकता जिल्ला प्रशासन कार्यालय खलंगा र ईलाका प्रशासन कार्यालय जस्पुरबाट वितरण गरिएको हो।
कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा ९ हजार ४ सय ६४ जनालाई वंशजको आधारमा नयाँ नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ।त्यस्तै प्रतिलिपि नागरिकता ८ हजार ७ सय र वैवाहिक अंगीकृत नागरिकता ५ जनालाई वितरण गरेको हो।
ईलाका प्रशासन कार्यालय जस्पुरमा स्थापनासँगै जिल्ला सदरमुकाम खलंगा जानु पर्ने बाध्यता हटेपछि यस क्षेत्रका जनताले राहतको अनुभूति गरेका छन्।