समय : ०७:४१ pm | बुधबार , माघ २ गते २०८१

प्युठान अस्पतालको टिका टिप्पणी गर्दा प्रशासनमा बुझ्नुहोला-नि.प्रमुख खनाल

लव कुमार अधिकारी | जेठ २८ गते २०८१

प्युठान।जिल्लाको व्यापारिक केन्द्र बिजुवारमा रहेको  जिल्ला अस्पतालमा बेला बेलामा चर्को आलोचना भईरहेको हुन्छ।सामजिक संजाल होस् या कर्मचारी नियुक्त अथवा बिमारी रिफर सम्म खटपटको कुराले कहिले कहिँ त संजाल नै तातेको हुन्छ।

प्रमिला खनाल एक कुशल डेन्टल डाक्टर पनि हुन्।उनले प्युठान जिल्ला अस्पतालको कार्यालय निमित्त प्रमुख भएर सम्हालेको एक वर्ष पुरा भएको छ।अस्पतालको कार्यालय निमित्त प्रमुख सम्हालेकी खनाल सँग पत्रकार बोम बहादुर परियारले लिएको अन्तरवार्तामा सामाजिक संजालमा कुरै नबुझिकन टिका टिप्पणी गर्दा अस्पतालमा भएको बिषय भन्दा झन् नराम्रो हुने बताएकी छिन।जसलेगर्दा जनमानसमा ठुलो भ्रम फैलाएको हुन्छ र आम जनसमुदाय नकारात्मक प्रभाव पर्ने हुँदा सत्य तथ्य बुझेर लेखिनदिन आग्रह गरेको छिन।

उनले लामो समय बन्द भएको भिडियो एक्सरे मेशिन  मन्त्रालय सम्मको समन्वयमा उक्त बिग्रिएर थन्किएको मेसिन सम्म संचालनमा रहेको जानकारी दिएकी छिन। दैनिक हाल सम्म ४० भन्दा धेरै एक्सरे मेसिनबाट सेवा लिएको बताउछिन।यतिबेला जिल्ला अस्पतालमा सेवा प्रभाव चुस्तदुरुस्त तरिकाले चलेको उनको भनाई छ।जिल्लामा सर्जन डाक्टरको अभाव थियो हाल त्यो अभाव पनि परिपूर्ति भएको उनले बताईन।प्युठान अस्पतालमा डाईलोसिस सेवा,एसेन्सियो सेवा र थप अपरेसन सेवा जोड्ने प्रयत्न गरेको खनाल बताउछिन।

कार्यालय प्रमुख सम्हाल्दै गर्दा जिल्लाका अन्य कार्यालयसँग समन्वय गर्दा होस् या बैठकमा भाग लिन जाँदा  आफ्नो दन्त सेवा खुलेर समय दिन नसेको स्वीकार गरेको छिन।अस्पतालको भैगोलिक कठिनाइले गर्दा अस्पतालमा सेवा प्रभाव गर्न कठिनाई भएपनि नगरपालिको समन्वयमा नयाँ प्रशासनिक भवन बनाएको बताएकी छिन।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्