समय : ०३:३८ pm | बुधबार , माघ २३ गते २०८१

अत्याधिक गर्मीका कारण एक जनाको ज्यान गयो

स्वर्गद्वारी अपडेट | असार २ गते २०८०

बुटवल । अत्याधिक गर्मीका कारण बुटवलमा एक जना व्यक्तिको ज्यान गएको छ । लगातारको लु तथा अत्याधिक गर्मी भएपछि  मृत्यु भएको हो ।

बुटवलको कालिकानगर स्थित चौराहा अस्पतालमा एक जना र अर्को एक जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ । ‘हिट स्ट्रोक’का कारण एकजनाको मृत्यु भएको चौराहा अस्पतालले पुष्टी गरेपनि अर्को व्यक्तिको पुष्टी भएको छैन।

ओखलढुंगा घर भएका ६० वर्षका खिम बहादुर मगरको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनी बुटवलमा ज्याला मजदुरी गर्ने ब्यक्ति भएको बताइएको छ।

मानिसको ब्रेनमा गर्मी सहने एक ग्रन्थी रहने र बढी गर्मी भएपनि सो ग्रन्थीले काम गर्न छाड्दा ‘हिट स्ट्रोक’ हुन सक्ने र ग्रन्थीले काम नगर्दा जति गर्मी भएपनि पसिना नआउने, शरिर सुख्खा हुने, अत्याधिक ज्वरो आउने र मानिसको मृत्यु हुने डाक्टरले बताएछन । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्