काठमाण्डौ, ३० जेष्ठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ८ सय ६० ग्राम चरेससहित जर्मनीका एक नागरिक पक्राउ परेका छन् ।
टर्किस एअरको उडानद्वारा काठमाण्डौबाट इस्तानबुल हुँदै जर्मनी जान लागेका ६३ वर्षीय पाउल वेर्स्रटको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा चरेस फेला परेको प्रहरीले जनाएको हो । उनलाई आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ पठाइएको छ।