समय : ०२:३५ am | बुधबार , कार्तिक ६ गते २०८१

जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गयाे

स्वर्गद्वारी अपडेट | जेठ २८ गते २०८०

कालीकोट – कालीकाेटकाे शुभकालीका गाउँपालिका-६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ ।

कालीकाेटकाे बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप गविरामा दुर्घटना भएकाे हाे । 

दुर्घटनामा जीप चालक शुभकालीका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामी मगरकाे ज्यान गएकाे  जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताउनु भयाे । घटनाबारे थप जानकारी आउन बाँकी रहेकाे रिमालले बताउनु भयाे । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्