समय : ०२:२३ am | बुधबार , कार्तिक ६ गते २०८१

बलात्कारपछि हत्या गर्ने दुईजना १६ वर्षपछि पक्राउ

स्वर्गद्वारी अपडेट | जेठ ८ गते २०८०

सुनसरीको धरानमा १६ वर्षअघि भएको सामूहिक बलात्कारपछि हत्याको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । २०६४ साल मंसिर २३ गते धर्मशालाको कोठामा विभत्स अवस्थामा मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले १६ वर्षपछि दुई जनालाई पक्राउ गरेको हो ।धनकुटा शहीदभूमि गाउँपालिका १ धापका ५६ वर्षीय चन्द्रबहादुर राई र सोही स्थानका ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले जानकारी दिनुभयो । घटना हुँदा चन्द्रबहादुर ४० र कल्पन २८ वर्षका थिए । दुवैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको डीएसपी मल्लले बताउनुभयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्