स्वर्गद्वारी अपडेट समचार डेक्स नेपाली कांग्रेसका डा. भट्टराईले पार्टी परित्याग गरेका छन । प्युठान जिल्लाको प्यूठान नगरपालिकाका ३ जुम्रीमा बसोबास गर्ने नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहेका डा.ओमहरी भट्टराईले शनिबार बिहान करिब ६ः३० मा आफ्नो फेसबुकको वालमा बिज्ञप्ति राख्दै आफू नेपाली कांग्रेसको कुनैपनि पदमा नरहेको जानकारी गराउदै आफुले राजिनामा दिएका छन्।।
पछिल्लो समयमा नेपाली कांग्रेसका गतिविधि चरम गुटबन्दी र भ्रष्टाचारमा लिप्त रहि मानव तस्कर भुटानी शरणार्थी प्रकरणमा पार्टीका जिम्मेवार नेतानै लागि परेको भन्दै आफु यस्तो घिनलाग्दो अवस्थामा तथा सुशासन नरहेको देशमा वेरोजगार अवस्था रहेको र पार्टिको अवस्था झनझन विग्रदो अवस्था भएकाले पार्टि परित्याग गरेको उहाको भनाई रहेको छ।
अवको समयमा स्वतन्त्र रहने र युवाहरुलाई एकता बनाएर अगाडि बढ्ने र समय तथा परिस्थिती साथ निर्णय लिएर अगाडि बढ्ने स्वर्गद्वारी अपडेटलाई बताए ।








