असाेज ९ गते २०८०
08:15: AM
असाेज ९ गते २०८०
08:15: AM

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

वैशाख २६ गते २०७९
5:02 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

२६ वैशाख, काठमाडौं । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शन जारी रहँदा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका छन् ।

श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ । सरकारविरोधी प्रदर्शनलाई मत्थर बनाउन टापू मुलुक श्रीलंकामा लगाइएको देशव्यापी कफ्र्यु घोषणाका बीच राजापाक्षेको राजीनामा आएको हो ।
जारी राजनीतिक संकट समाधानका लागि राजापाक्षेले आइतबार भाइ समेत रहेका राष्ट्रपति गोटाबाये राजापाक्षेलाई भेटेर आफूले पदबाट राजीनामा दिन लागेको बताएका थिए ।

रिप्लाई गर्नुहोस