फागुन १० गते २०८०
05:58: AM
फागुन १० गते २०८०
05:58: AM

 भवन भत्किँदा ५३ जनाको मृत्यु, १० को उद्धार

वैशाख २४ गते २०७९
10:46 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

sharethis sharing button
चीनमा भवन भत्किँदा पुरिएर मृत्यु भएकाहरूको सङ्ख्या बढेर ५३ पुगेको छ ।देशको हुनान प्रान्तमा भएको घटनामा परेकामध्ये १० जनालाई भने जिवितै उद्धार गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।प्रादेशिक राजधानी चाङ्साका मेयर झेङ जियान छिनले खोजी तथा उद्धार कार्य शुक्रबार ३.०३ बजे दिउसो अन्त्य भएको घोषणा गरिएको जानकारी दिए । खोजी तथा उद्धार कार्यका लागि दर्जनौँ विज्ञ तथा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । घटनास्थलबाट उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।आवासिय सो भवन गत अप्रिल २९ मा भत्किएको थियो । सुरुमा खोजी तथा उद्धार कार्य गर्न नसकिएकाले मानवीय क्षतिको स्पष्ट विवरण आउन सकेको थिए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page