असाेज ९ गते २०८०
07:49: AM
असाेज ९ गते २०८०
07:49: AM

युक्रेनलाई ८० करोड डलर बराबरको थप सैन्य सहायता पठाउने अमेरिकाको घोषणा

वैशाख ९ गते २०७९
1:45 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अमेरिकाले युक्रेनलाई ८० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहायता पठाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएकाे छ ।८० करोड डलर बराबरको यो सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन् । रुससँग युक्रेनकाे युद्ध सुरु भएयता तीन सय कराेड डलर बराबरकाे सैनिक सहायता दिइसकिएकाे बताइएकाे छ ।यसैबीच अमेरिकी राष्ट्रपति जाे बाइडेनले रुस–युक्रेन युद्ध एक महत्त्वपूर्ण विन्दुमा पुगेकाे बताउनुभएकाे बीबीसीले जनाएकाे छ ।गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो । आक्रमणको दुई महिना पुग्नै लागेको छ । रुसले हिजो बिहीवार युक्रेनको मारिओपाेल सहर कब्जा गरेको घोषणा गरेको छ । तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिओपाेल कब्जा गरेको रुसको दाबीलाई अस्वीकार गर्नुभएको छ । यद्यपि रुसले पूर्वी युक्रेनको डोनबास क्षेत्रका ४० भन्दा धेरै गाउँ कब्जा गरेको उहाँले स्वीकार गर्नुभएको बीबीसीले जनाएको छ ।युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि राखेको प्रस्तावलाई रुसले अस्वीकार गरेको पनि जानकारी दिनुभएको छ ।

रिप्लाई गर्नुहोस