समय : ०२:५० am | सोमबार , कार्तिक ११ गते २०८१

काठमाण्डौमा चिसो बाग्मती, गण्डकी र लुम्बिनीमा पानी पर्ने सम्भावना

स्वर्गद्वारी अपडेट | पौष ८ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, देशैभर मौसम बदली भएको छ । धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।  आज पहाडी क्षेत्रको मौसम दिउँसो पनि आंशिक बदली हुने सम्भावना छ । तराईका जिल्लामा भने आज पनि बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । तराईमा दिउँसोसम्म नै हुस्सु कुहिरो  लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । काठमाण्डौसहित पहाडी जिल्लामा भने हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । तर आज पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् । आज दिनभरजसो मौसम आंशिक बदली रहने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । आज काठमाण्डौमा यसवषकै चिसो छ । हिजोको तुलनामा आज काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियसले घटेको छ । हिजो ६ दशमलव ५ डिग्री सेल्सियस रहेकोमा आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । पुस महिना लागेपछि देशभर नै चिसो बढेको छ । यसैबीच, भोलि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । यसपालि अहिलेसम्म हिउँदे वर्षा सुरु हुन सकेको छैन । तर, पश्चिमी न्यून चापीय प्रणालीको असर पर्न थालेकाले भोलि हल्का वर्षाको अनुमान गरिएको हो । यो प्रणालीका कारण आज रातिदेखि नै चिसो अझ् बढ्ने अनुमान छ । हिमाली र उच्च पहाडी जिल्लामा आज रातिदेखि नै हिमपात हुने अनुमान छ । मौसमविद्का अनुसार पर्सि फेरि मौसममा सुधार आउने सम्भावना छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्