समय : ०५:४५ am | सोमबार , वैशाख १४ गते २०८३

विश्व कप फुटबल : क्यानडा समूहचरणबाट बाहिरियाे

स्वर्गद्वारी अपडेट | मंसिर १२ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान, फिफा विश्व कप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् । अल बेयत रङ्गशालामा गएराति भएको खेल १–१ को बराबरीमा सकियो । स्पेनले खेलको दोस्रो हाफमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको ६२औँ मिनेटमा स्पेनका अल्भारो मोराटाले गोल गर्दै अग्रता दिलाए ।
यस्तै, खेलको ८३औँ मिनेटमा जर्मनीका निकलस फुलक्रुगले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरी पछि समूह 'ई' मा रहेको स्पेन ४ अङ्कसहित शीर्ष स्थानमा छ भने जर्मनी ३ अङ्कसहित पुछारमा छ ।
यस्तै,  गएराति नै भएको समूह 'ई' कै अर्को खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको छ । अहमद बिन अलि रङ्गशालामा भएकाे खेलको ८१ औँ  मिनेटमा कोस्टारिकाका फुलर स्पेन्सले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जित पछि ३ अङ्क जोडेको कोस्टारिका समूहको तेस्रो स्थानमा छ भने जापान समान ३ अङ्क भए पनि दोस्रो स्थानमा छ । यस्तै, समूह 'एफ' का खेलमा मोरक्को र क्रोएसिया विजयी भएका छन् । मोरक्कोले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गर्यो भने क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराएको छ । जितपछि ४ अङ्क जोड्दै क्रोएसिया समूहको शीर्ष स्थानमा उक्लिएको छ । क्यानडाको यो लगातार दोस्रो हार हो । अङ्कविहीन क्यानडा समूहचरणबाट बाहिरिएकाे छ  । ४ अङ्क नै जोडेको मोरक्को दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन् ।

यो पनि पढ्नुहोस्