समय : ०९:२८ am | शनिबार , श्रावण १२ गते २०८१

माण्डवीको अध्यक्ष कप रोल्पाको हातमा

स्वर्गद्वारी अपडेट | मंसिर १६ गते २०८०

प्युठान।प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रव्यापी अन्तर स्थानीय तह भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ।माण्डवी  गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप अन्तर्गत भलिबल प्रतियोगिताको उपाधि सुनिल स्मृति गाउँपालिकाका रोल्पाले जितेको छ।शनिबार सम्पन्न फाइनल खेलमा गौमुखी गाउँपालिका प्युठानलाई  पराजित गर्दै सुनिल स्मृति गाउँपालिकाका रोल्पाले उपाधि जितेको हो ।

उपाधिसँगै सुनिल स्मृति गाउँपालिकाका रोल्पाले नगद रु. २ लाख र ट्रफी प्राप्त गरेको छ भने गौमुखी गाउँपालिकाले नगद रु. १ लाख २५ हजारका साथै ट्रफी प्राप्त गरेको छ।तेस्रो स्थानमा सरुमारानी गाउँपालिकाकाले नगद ७५ हजार र ट्रफी हात पारेको छ।   

माण्डवी गाउँपालिका–३ मार्सिवाङ्ग  स्थित खेलमैदानमा खेल सञ्चालन गरिएको थियो।विजयी हुनेहरूलाई पुरस्कार वितरण गर्दै गाउँपालिकाका अध्यक्ष नम राज अधिकारीले खेलकुदको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए।प्रथम पुरस्कार क्रमश: नगद रु. २ लाख, द्वितीय १ लाख २५ हजार र तृतीय पुरस्कार नगद रु. ७५ हजार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

पछिल्लो समय प्रत्येक स्थानीय तहहरुले अध्यक्ष कप सञ्चालन गर्दै आएकोमा प्युठानको माण्डवी गाउँपालिकाले पहिलो पटक सर्वाधिक राशिको पुरस्कार सहितको राष्ट्रव्यापी भलिबल प्रतियोगिताको आयोजना गरेको हो। भलिवल प्रतियोगितामा ११ समूहले सहभागी भएका थिए।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page