समय : ०८:२४ am | शनिबार , श्रावण १२ गते २०८१

ओमानसँगकाे खेलमा नेपाल पाँच रनले पराजित

स्वर्गद्वारी अपडेट | कार्तिक १६ गते २०८०

  कात्तिक १६

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे खेलमा ओमानले नेपाललाई पाँच रनले हराएकाे छ ।

त्रिवि मैदान कीर्तिपुरमा भएकाे खेलमा ओमानले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २० ‍ओभरमा १ सय ४० रन बनाएर अल आउट भयाे । जितसँगै ओमान समूह विजेता बनेको छ । पराजित नेपालले समूहकाे उपविजेता रहँदै सेमिफाइनलमा यूएईसँग खेल्नेछ । याे खेल जितेमा नेपालले अर्काे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । कुशल भुर्तेलले २६, करण केसीले १५ रन बनाए भने कप्तान राेहित पाैडेल, साेमपाल कामी र सन्दीप जाेराले समान १२/१२ रन बनाए । 

बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एक/एक विकेट लिए ।

ओमानका कप्तान जेसन मक्सदले सर्वाधिक ३२ रन जोडे । यस्तै, नसिम खुशीले २५, प्रतीक अथावाले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page