समय : १०:११ am | शनिबार , श्रावण १२ गते २०८१

टी–२० विश्व कप छनोटमा नेपालले आज ओमानसँग खेल्दै

स्वर्गद्वारी अपडेट | कार्तिक १६ गते २०८०

  कात्तिक १६

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।  आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो । यो खेल बिहान ९ बजे कीर्तिपुरमा शुरु हुनेछ ।प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो । नेपाल र ओमानबीचको खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । विश्व कप खेल्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ ।

टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।आज हुने अरु खेलमा समूह ‘ए’ का मलेसिया र सिङ्गापुरबीच दिउँसो साढे १ बजे कीर्तिपुरमा, समूह ‘बी’ का हङकङ र यूएई बिहान ९ बजे तथा बहराइन र कुवेत दिउँसो साढे १ बजे मूलपानीमा खेल्नेछन् । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page