समय : ०१:५९ pm | शनिबार , श्रावण १२ गते २०८१

महिला विश्व कप फुटबलको तेस्रो स्थानका लागि आज अस्ट्रेलिया र स्वीडेन खेल्दै

स्वर्गद्वारी अपडेट | भाद्र २ गते २०८०

काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलको तेस्रो स्थानका लागि आज अस्ट्रेलिया र स्वीडेन खेल्दैछन् । यो खेल ब्रिस्बेन स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ ।

महिला विश्व कप फुटबलको फाइनल खेल भोलि हुनेछ । उपाधिका लागि इङ्ग्ल्यान्ड र स्पेन खेल्नेछन् । बुधवार भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड र मङ्गलवार भएको खेलमा स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक फाइनलमा पुगेका हुन् ।

अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको महिला विश्व कपमा ३२ टोली सहभागी थिए । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page