समय : ०२:०२ am | बिहिबार , फागुन २७ गते २०८२

विद्युत अनियमित भएको भन्दै कर्मचारीलाई थुनियो

स्वर्गद्वारी अपडेट | असार ५ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । दाङमा विद्युत अनियमित भएको भन्दै तुलसीपुर स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका कार्यालयका कर्मचारीलाई थुनिएको छ । भित्र काम गरिरहेको अबस्थामा तुलसीपुर केही नागरिकले विद्युत कार्यालय भवनको गेट र कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । आईतबार विहान १० बजेतिर उनीहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दी पछि कर्मचारीहरु भित्रै थुनिएका छन् । लामो समयदेखि विद्युत अनियमित हुँदा ब्यबसाय नै चौपट्ट हुनुकासाथै गर्मीले पनि सताउने गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।“लामोसमयदेखि झ्याप्प, झ्याप्प विद्युत जाँदा निकै समस्या हुन थाल्यो, हरेक काम विद्युतबाट हुन्छ”, तुलसीपुर निवासी इश्वरी प्रसाद गैरेले भने“त्यसैले हामीले तालाबन्दी गरेका हौं ।” विद्युत आउने र जाने क्रम नियमित हुँदा आजित भएपछि केही दिन अघि पनि विद्युत कार्यालयलाई ज्ञापन पत्र बुझाएको तुलसीपुर निवासी बसन्त गिरीले बताए । उनका अनुसार त्यो ज्ञापनपत्रको कुनै चासो नदिएको र विद्युत अनियमितता भइरहेकाले तालाबन्दी गरिएको हो ।

यो पनि पढ्नुहोस्