रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु
स्वर्गद्धारी अपडेट,प्यूठान । रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने मा रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडां न। ५ खेसाबाङ छेरा बस्ने शेर बहादुर वलिका छोरा बर्ष २१ का दिनेश वलि रहेको जिल्ला प्रहरी कार्यालय रोल्पा ले बताएको छ । बाटो मा साइकल चलाउने क्रममा साइकल अनियन्त्रित भैइ बाटोबाट करिब ३ सए मिटर तल खसे को थियो । घाइते को स्थानीय मेडिकल मा सामान्य उपचार पछि थप उपचारको लागि जिल्ला अस्पताल रेउघा तर्फ लैजादै गर्दा बाटो मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पा ले बताएको छ ।







