समय : ०५:२५ am | आइतबार , भाद्र २२ गते २०८१

जाडोमा नियमित सुन्तला खाँदा के हुन्छ ?

स्वर्गद्वारी अपडेट | मंसिर १९ गते २०८०

हिउँदका चिसा र छोटा दिन सुरु भएका छन्। रसिलो फल सुन्तलाको सिजन पनि सुरु भएको छ। हिउँदमा स्वास्थ्यको रेखदेख गर्नु चुनौतीपूर्ण मानिन्छ।

हरेक दिन सुन्तला खाँदा हाम्रो शरीरलाई चाहिने भिटामिन सी प्राप्त हुनुका साथै यसले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। सुन्तलामा एन्टिअक्सिडेन्ट, फाइबरका साथै अनेक भिटामिन र खनिज हुन्छ। जसले समग्र स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ।

त्यस्तै, नियमित सुन्तला खाँदा पानीको कमी पूरा हुनुका साथै छालाको स्वास्थ्यमा पनि फाइदा पुग्छ।

यसका अलावा सुन्तलामा हुने फाइबरले रगतमा चिनीको मात्रा ठिक राख्न पनि मद्दत गर्छ। त्यसैले मधुमेहका बिरामीले पनि सुन्तला खानु फाइदाजनक छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्