समय : ०८:१४ am | शनिबार , श्रावण १२ गते २०८१

लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद्

स्वर्गद्वारी अपडेट | वैशाख ६ गते २०८१

बुटवल । लुम्बिनीमा नव नियुक्त ७ जना मन्त्रीले सपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालय बुटवलमा बिहीबार सांझ मन्त्रीहरुले सपथ लिएका हुन् ।
मुख्यमन्त्री जोख बहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीका भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।


यसअघि चैत २३ गते मुख्यमन्त्रीले एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । तीनैजनाको मन्त्रालय आज मात्रै तोकिएको छ । जस अनुसार आचार्यलाई अर्थ,पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page