समय : ०६:३६ am | बिहिबार , फागुन २८ गते २०८२

पश्चिमी न्यून चापीय प्रणाली कमजोर, धेरै ठाउँको मौसम सामान्यतया सफा

स्वर्गद्वारी अपडेट | माघ १८ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, आज धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौमसविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले आजदेखि दुई/तीन दिन धेरै ठाउँको मौसम सफा नै रहने अनुमान गरिएको मौसमविद् संजीव अधिकारीले बताउनुभयो । उहाँका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको मौसम आंशिक बद्ली हुने सम्भावना छ । तर, कहि कतै बादल लागे पनि सामान्यतया मौसम सफा नै रहने उहाँले बताउनुभयो । पश्चिमी न्यून चापीय प्रणालीका कारण हिजो र अस्ति धेरै ठाउँको मौसम धुम्म भएको थियो । अस्ति धुम्म भएको काठमाण्डौमा भने हिजो दिउँसो भने पारिलो घाम लागेको थियो । पारिलो घाम लागेसँगै काठमाण्डौको अधिकतम तापक्रम बढेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस पुगेको मापन गरिएको छ ।

यो पनि पढ्नुहोस्