समय : ०८:१३ am | बिहिबार , फागुन २८ गते २०८२

सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातकाे सम्भावना : अन्य प्रदेशमा घाम लाग्ने

स्वर्गद्वारी अपडेट | माघ १६ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि हल्का वर्षा र हिमपातको अनुमान गरिएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना पनि छ । अन्य प्रदेशको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान छ । पानी नपर्दा माघ महिनाको मध्यमै गर्मी बढेको छ । देशका धेरै ठाउँमा बिहान बेलुका केही चिसो भए पनि दिउँसाे गर्मी छ । घाम चर्किन थालेसँगै तापक्रम पनि बढ्न थालेको छ ।

यो पनि पढ्नुहोस्