समय : ०८:१३ am | बिहिबार , फागुन २८ गते २०८२

मकवानपुरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयाे

स्वर्गद्वारी अपडेट | माघ १४ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, मकवानपुरको मनहरी-६ नयाँबस्तीमा  ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएकाे छ । ना ७ ख ८४७८ नम्बरको ट्याङ्करले ना १४ प ९९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका-१५ का ४० वर्षीय शंकरत्न तितुङको ज्यान गएको हाे । तितुङकाे ज्यान गएपछि स्थानीय बासिन्दाहरुले दुई घण्टासम्म पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । ठक्कर दिने ट्याङ्कर तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्