समय : ०८:०७ am | बिहिबार , फागुन २८ गते २०८२

बाग्मती, मधेस प्रदेश र प्रदेश-१ को मौसम आंशिकदेखि सामान्य बदली

स्वर्गद्वारी अपडेट | माघ १३ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, आज बाग्मती, मधेस प्रदेश र प्रदेश १ को मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावसँगै अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकाले यी प्रदेशमा आज बादल लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यी तीन प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना छैन । अन्य प्रदेशको मौसम सामान्यतया सफा नै रहने पूर्वानुमान छ । उच्च पहाडी र हिमाली जिल्लामा भइरहेको हिमपात  पनि रोकिएको छ । तराईका जिल्लामा अहिले बिहान हुस्सु कुहिरो लागे पनि बिस्तारै हट्दै जाने अनुमान छ ।

यो पनि पढ्नुहोस्