दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु


स्वर्गद्वारी अपडेट प्युठान। दाङको दङ्गीशरण गाउँपालिकामा वडा– १ मा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका वडा–१ का ५२ बर्षीय रुद्रबहादुर बहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बाँकीबाट गोल्टाकुरी तर्फ जाँदै गरेको भे१त४०६६ नम्बरको ट्याक्टरको बिचभाग टोचनमा चढ्नुभएका भण्डारी खसेपछि पछाडीको भागले किचेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनुभयो । मृतक भण्डारीको शवलाई पोर्टमाटम को लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।