समय : ०२:३० pm | बिहिबार , फागुन २८ गते २०८२

काठमाण्डौमा यसवर्षकै चिसो, न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झर्यो

स्वर्गद्वारी अपडेट | मंसिर २६ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान, काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । जुन यस वर्षकै सबैभन्दा कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । हिमाली जिल्लामा हिमपात भइरहेको छ भने तराईका जिल्लामा पनि बिहानको समयमा हुस्सु कुहिरो लाग्न थालेको छ । दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सामान्यतया सफा नै रहने अनुमान रहेको मौसमविद् प्रतिभा मानन्धरले बतानुभयो ।

यो पनि पढ्नुहोस्