आफ्नै कर्मचारीमाथि यौन दुव्र्यवहार गर्ने पक्राउ
स्वर्गद्धारी अपडेट,प्यूठान । दाङमा आफ्नै ड्राइभिङ सेन्टरमा काम गर्ने युवतीमाथि बलात्कार प्रयास गरेको भन्दै सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पाको त्रिवेणी गाउँपालिका घर भई दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा बागेश्वरी ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका ३४ वर्षीय बालाराम डाँगी रहेको प्रहरीले बताएको छ ।
उनलाई ईलाका प्रहरी कार्यालय तुलसीपरले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका डाँगीले आफ्नै ड्राइभिङ सेन्टरमा काम गर्ने युवतिलाई सोमबार राति साढे १२ बजे कार्यालय ईमरजेन्सी फर्म भर्नु पर्ने छ, आज अन्तिम म्याड हो भनि बोलाएका थिए ।
डाँगीको श्रीमति पनि कार्यालयमै भएको भनि डाँगीले भनेपछि उनी सहजै कार्यालय आईन् । राति १ बजेतिर फर्किने क्रममा भ¥याङमा समाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका पूहरी निरिक्षक बखत बहादुर शाहीले बताए । साथी पनि संगै भएकाले ति युवती उम्किन सफल भएकी थिइन् । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।







