समय : ०२:३० pm | बिहिबार , फागुन २८ गते २०८२

भारतीय ‘सुटर’ बोलाएर भाइ र बुहारीको हत्या

स्वर्गद्वारी अपडेट | श्रावण ११ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । बाँकेको कोहलपुरमा दाइ र भाउजुले भारतीय ‘सुटर’ बोलाएर भाइ र बुहारीको हत्या गरेका छन् । कोहलपुर नगरपालिका वडा नं। १४, ओढारपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षीया अञ्जली गडरियाको दाइ विजय र भाउजु रेखा गडरियाले भारतीय सुटर बोलाएर हत्या गरेका हुन् । भाइ कृष्ण र बुहारी अञ्जलीलाई हत्या गर्नका लागि विजयले भारतीय सुटरलाई ५०÷५० हजार रुपैयाँ दिएका थिए । प्रतिव्यक्ति ५० हजार रुपैयाँ लिएका दुईजना भारतीय सुटरले कृष्ण र अञ्जलीको सुतेको ठाउँमै हत्या गरेका थिए । सोमबार राति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या गरिएको थियो । घरमै रेष्टुरेन्ट चलाएका कृष्ण दम्पती तल्लो तलामा सुतेका थिए । सँगै सुतेका उनीहरुमध्ये कृष्णलाई त्यही र अञ्जलीलाई भान्छामा लगेर हत्या गरिएको थियो । कृष्णको दाहिने हातको नाडी काटिएको थियो भने अञ्जलीको घाँटीमा डोरी थियो । घटनास्थलमा गोलीको खोकासमेत फेला परेको छ । घरको माथिल्लो तलामा विजय र रेखा सुतेका थिए । इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी ऐनबहादुर मल्लका अनुसार दाइ विजय र भाउजु रेखाले दुईजना भारतीयलाई बोलाएर भाइ कृष्ण र बुहारी अञ्जलीको हत्या गरेका हुन् । विजयले हत्यारालाई ५०÷५० हजार रुपैयाँ दिएका थिए भने घरको

यो पनि पढ्नुहोस्