कमलदहमा डुबेर एक जनाको ज्यान गयो
स्वर्गद्धारी अपडेट,प्यूठान। रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको कमलदहमा डुबेर एक जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ चोकबजारका ४५ वर्षीय गोपाल विकको ज्यान गएको हो ।
आज शनिबार दिउँसो दहमा पौडी खेल्न गएका विकको कमलको फूल टिप्ने बेला डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रकाश डाँगीले जानकारी दिनुभयो ।
विक दहमा डुबेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेर उनको उद्धार गरेको थियो । विकलाई जिल्ला अस्पताल पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको डीएसपी डाँगीले बताउनु भयो ।







